नेपालमा कोरोनाबाट थप दुईको मृत्यु, संक्रमित संख्या २१ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या निरन्तर रुपमा बढ्दै गैरहेको छ । पछिल्लो २४ घन्टामा थप ३ सय ८१  जना नयाँ संक्रमित  थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको  संख्या २१ हजार  ३ सय  ९० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४  घण्टामा ७  हजार ८ सय ५९  जनाको स्वाब परीक्षण गरिएको छ । हाल नेपालमा ९ हजार ९ सय २५  जना क्वारेन्टिनमा छन् । यसैगरी सक्रिय संक्रमित  संख्या ६ हजार ६ सय ६४ रहेका छन् । पछिल्लो चौबीस घण्टामा १ सय ३० जना संक्रमित  निको भएर घर फर्केका छन् । हालसम्म १५ हजार १ सय ५६ जना संक्रमित  निको भएर घर फर्किएका  छन् ।

थप दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन् । उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएकी किशोरीको स्वाब परीक्षण पोजिटिभ देखिएको हो । तेस्तै मधुमेहका रोगी वीरगंजका पुरुषमा ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण पोजिटिभ देखिएको हो । योसंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको  छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित