ह्यन्ड्सम पोइको खोजीमा  गायिका सेलिना कुँवर

लन्डन  ।  हिन्दू नारीहरुको  महान पर्व तीज नजिकिदैं गर्दा बजारमा थुप्रै तीज गीतहरु रेकर्ड भएका छन् । कोरोनाको संक्रमण र लकडाउनका बावजुद पनि कलाकारहरुले आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् ।

पछिल्लो समयमा सांगीतिक क्षेत्रमा लोकप्रियता कमाउंदै आएकी गायिका सेलिना कुँवरले पनि तीजको गीत सार्वजनिक गरिसकेकी छन् ।

‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ बोलको तीज गीतको भिडियो बेस म्युजिक नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। चर्चित नायिका अञ्जली अधिकारीको अभिनय रहेको यस भिडियोमा गायिका सेलिनालाई पनि देख्न सकिन्छ ।

यस गीतमा अर्जुन पौडेलको शब्द  रहेको छ भने सन्तोष राजको संगीत रहेको रहेको छ ।

गीतकार पौडेल गायक पनि हुन उनको केही समय पहिले बजारमा आएको ” मेरा काला दारी” गीत आहिले चर्चाको शिखरमा छ। भिडियोमा निर्देशन सन्तोष राजबाहकको रहेको छ भने वरिष्ठ क्यामेराम्यान ज्ञानेन्द्र शर्मा छायाङ्कन गरेका छन् । साजसज्जामा अनिताले सघाएकी छिन् ।

गीतको भिडियो हेर्नुहोस, 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित