एनआरएन विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म

काठमाडौं  ।  गैरआवासीय नेपाली संघले आगामी असोज २३ देखि २५ गतेसम्म दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ। विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन उक्त सम्मेलनले सहयोग पुर्याउने बताइएको छ।

कोरोना भाइरस (कोभिड १९) सक्रमणबाट विश्व अर्थतन्त्र धरासायी बनेको बेला लाखौं मानिस बेरोजगार भएका छन्। कोरोनाका कारण हजारौं श्रमिक स्वदेश फर्किएकाले सम्मेल उनीहरुको व्यवस्थापन र उद्यमशीलताको विकास टेवा पुर्‍याउन लक्षित हुनेछ।

कोरोनाले नेपालमा पारेको प्रभाव, कोरोना पश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा सम्मेलन केन्द्रित हुनेछ।  संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औं पञ्चवर्षीय योजनाका विषयमा विज्ञले सम्बन्धित विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नेछन्।

गैरआवासीय नेपाली संघ र सरकारको सहकार्यमा हुन लागेको यस सम्मेलनमा ४ प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने छ। सम्मेलनमा गैरआवासीय नेपाली विज्ञ, नेपालका विज्ञ, र नेपालसँग जोडिएका विदेशी विज्ञका दुई सयभन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन्।

सम्मेलनपश्चात् श्वेतपत्र जारी गरी सरकारलाई  बुझाउने संघले जनाएको छ। सम्मेलनको संघका महासचिव हेमराज शर्मा संयोजक र सहसंयोजक डा. हरिप्रसाद  दाहाल छन्। सम्मेलन आयोजनाका लागि विभिन्न सल्लाहकार सम्मिलित समिति समेत गठन गरिएको छ।

सम्मेलनमा कोभिड–१९ इम्प्याक्ट अन नेपाल्स इकोनोमिक एण्ड पाथ अफ रिकभरी, प्रिपेरेशन फर पानडामिक एण्ड नेचुरेल डिजास्टर, रिसर्च, इनोभेसन एण्ड कमर्शलाइजेशन विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

त्यस्तै एग्रिकल्चर एण्ड फुड सेक्युरिटी, वायोमेडिकल टेक्नोलोजिस, फिनान्सियल इन्भेष्टमेण्ट, लिभिराजिङ फिनटेक फर इकोनोमिक ट्रान्सफरमेशन, इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी, इनोभेसन एण्ड स्टारटप्स, इन्टरसेक्सन इन नेचुरल साइन्सेज, लाइफ एण्ड हेल्थ साइन्सेज शीर्षकमा कार्यपत्र प्रस्तुत हुने संघले जनएको छ।

त्यस्तै फिजिकल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, पब्लिक हेल्थ एण्ड पानडेमिक मिटिगेशन, सोसल साइन्सेज, सस्टेनेवल इनर्जी, सस्टेनेवल इन्भाइरनमेण्ट, अर्वान डेभलपमेन्ट र भोकेशनल एजुकेशन शीर्षकमा आफ्ना अवधारणापत्र प्रस्तुत हुने छन्।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित