काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट गएको २४ घन्टामा थप ३ सय १५ जना ननयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित कूल संख्या २० हजार ८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ९ सय ९३ जनाम कोरोना परीक्षण गरिएको छ ।
हालसम्म नेपालमा ३ लाख ८२ हजार ४ सय ९० जनामा कोरोना परीक्षण गरिसकिएको छ । यसैगरी गएको २४ घन्टामा ९३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
निको हुनेको कूल संख्या १४ हजार ४ सय ९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना मुक्त हुनेको दर ७२ प्रतिशत रहेको छ ।