भारतमा कोरोना संक्रमितको संख्या १९ लाख नाघ्यो, ३६ हजार बढीको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित हुनेको संख्या  शुक्रबारसम्म १६ लाख नाघेको जनाइएको छ । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १६ लाख ३८ हजार ८ सय ७१ पुगेको त्यहाको केद्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७ सय ७९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३६ हजार नाघेको छ  । सरकारी अधिकारीका भारतमा कोरोना भाइरस संक्रमितमध्ये १० लाख ५७ हजार ८ सय ६ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ४५ हजार ३ सय १८ जना कोरोना भाइरस  संक्रमित  अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ४ सय ५४ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने १४ हजार ७ सय २९ व्यक्तिको मृत्यु भइसकेको छ । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५७ हजार ९ सय ६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने ३ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ ।

राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा  १० हजार ७ सय ४३ जना संक्रमित  अवस्थामा रहेका र ३ हजार र ९ सय ३६ जनाको मृत्यु भइसेकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित