लन्डन, आज कुशे औशीं तथा बाबुको मुख हेर्ने दिन, भाद्र कृष्ण औशींका दिनलाइ कुसेऔंसीका रुपमा मनाउने प्रचलन छ । आजको दिनमा हिन्दू धर्मावलम्बिहरुले बर्षभरि घरमा गरिने देव कार्य एबम पितृ कार्यको लागि आवश्यक पर्ने कुश भित्र्याएर पूजा गर्ने गर्दछन । ब्राम्हणहरुले शास्त्रोक्त विधिअनुसार पूजा गरि छेदन गरेर जजमानकहाँ पुर्याइएको कुशलाई घरमा राख्नाले कल्याण हुने धार्मिक मान्यता रहेको पाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । आजको दिनलाई बाबुको मुख हेर्ने दिन अर्थात पितृ दिवसको रुपमा मान्ने गरिन्छ । छोराछोरीद्वारा बाबुलाई मिठो भोजन गराउने विभिन्न उपहार दिने र आदर सम्मान गर्ने प्रचलन रहेको छ । आजका दिन बाबु नहुनेहरू बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्दछन । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । आजको दिनलाई गोकर्ण औंसीको नामले पनि चिन्ने गरिन्छ । नेपालि समाजमा परापूर्वकालदेखि प्रचलनमा रहेका बिभिन्न खालका पर्वहरु जसले समाजका विविध पक्ष्यलाइ सम्मान र सम्रक्ष्यण गर्ने गरेको पाइन्छ । तेसै पर्व अन्तर्गत कुशे औंसी पनि एक महत्वपूर्ण पर्व हो जसले जन्म दिने बाबुलाई जो जीवित छ उसलाई सम्मान र जसको मृत्य भैसकेकोछ उसलाई सम्झना पुर्याउने काम गर्दै आएको पाइन्छ । नेपाली समाजमा मात्र नभएर विदेशी सस्कारमा पनि आमाबाबुको सम्झना गर्ने परम्परा रहेको पाइन्छ । हिजोआज प्राय सबैले नै यस्ता खालका पर्वहरुलाई जोडतोडका साथ् मनाउन थालेको पाइन्छ । सामाजिक संजाल र संचारको सहुलियतले गर्दा परम्परागत मान्यतालाई भन्दा पनि प्रतिस्पर्धात्मक मान्यतालाई बढी जोड दिन खोजेको हो को भन्ने भान हुने गरेको पाइन्छ । तर जे जस्तो भएपनि यस्ता परम्परागत मूल्य रा मान्यताको भावना र मर्मलाई बुझेर निरन्तरता दिन सकेमा पक्कै पनि हाम्रो परम्परा र संस्कृतिको जगेर्ना हुनेछ ।
आज कुसे औशीं तथा बाबुको मुख हेर्ने दिन
आज कुसे औशीं तथा बाबुको मुख हेर्ने दिन

तपाईको प्रतिक्रिया