दिल्ली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्वारा ‘नेपाल-भारत मैत्री वृक्षारोपण २०२०’ सम्पन्न

दिल्ली । अन्तरराष्ट्रिय मैत्री  दिवसको अवसर पारेर नेप्लिज स्टुडेन्ट एसोसियशन दिल्ली विश्वविद्यालयमा अध्ययनरत मानविकी संकाय अन्तर्गतका विद्यार्थीहरुद्वारा दिल्ली युनिभर्सिटी  स्टुडेन्टस् युनियनको सहकार्यमा ‘नेपाल-भारत मैत्री वृक्षारोपण २०२०’ सम्पन्न भएको छ । समारोहमा पवित्रताको प्रतिक मानिने पाम र पीपलको विरुवा रोपिएको थियो । नेपाल-भारत दुई देशबीचको मैत्री सम्बन्धलाई अझ बढी सुदृढ एवं मजबुत बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजकले बताएका छन्  ।

रेशम कुमार गैरेको अध्यक्षतामा बिहीबार आयोजित उक्त समारोहमा  नेप्लिज स्टुडेन्ट एसोसियशन दिल्ली विश्वविद्यालयका पूर्व सल्लाहकार तथा (WOSY) का  पूर्व अन्तर्राष्ट्रिय सचिव सन्दीप राणा  र  दिल्ली विश्वविद्यालयका रिसर्चर स्कोलर  आनंद श्रीवास्तव प्रमुख अतिथी रहेका थिए ।

यसैगरी कार्यक्रममा दिल्ली युनिभर्सिटी  स्टुडेन्टस् युनियनका अध्यक्ष अक्षित दहिया, सह-सचिव शिभांग खरवाल, उपाध्यक्ष प्रदिप तनवार, पूर्व अध्यक्ष, तथा सलाहकार, एन.एस.एडीयू आनन्द मिश्र र  दिल्ली युनिभर्सिटी  स्टुडेन्टस् युनियनका विदेश विभाग अध्यक्ष प्रमिशा लुइंटेल लगायतका विशिष्ट व्यक्तिहरुलाई पनि आमन्त्रित गरिएको थियो ।

नेपाल भारतबीचका प्रमुख नेताहरुको राजनैतिक तीक्ताताका कारण पछिल्लो समयमा दुवै देशबीच केहि विवाद उत्पन्न हुँदै आएकोछ । तर यस्ता राजनैतिक विवादका कारण दुवै देशका जनता जनताबीचमा भने कुनै पनि असर पर्न नहुने धारणा व्यक्त  गरिएको छ । प्राचिन कालदेखि भौगोलिक, आर्थिक, सामाजिक र संस्कृतिक सम्बन्धका रुपमा बाँधिएका यी दुवै मुलुकबाट आफूहरुले सकारात्मक अपेक्षा राखेको पनि उनीहरुले बताए ।

दुवै देशबीच विद्दमान  सम्बन्ध र रहनसहन एक आपसमा मिल्दोजुल्दो रहेको र ‘वसुदैव कुटुम्बकम’ अर्थात ‘संसार एक परिवार हो’ भन्ने संकल्पका साथ अघि बढ्दै आएको र यो मूल मन्त्रलाई सबैले एकसाथ पालना गर्दै जानुपर्ने बताएका छन् । लामो समयदेखि नंङ्ग र मासुको सबन्धको रुपमा चली आएको नेपाल भारतबीचको सम्बन्धलाई भविष्यमा अझ बढी प्रगाढ बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित