ब्राजिलमा कोरोनाका कारण ९० हजार बढीको मृत्यु

रियो डि जानेरो । ब्राजिलमा २४ घन्टायता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको २४ घन्टामा एक हजार ५ सय ९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।

योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९० हजार नाघेको छ । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९० हजार १ सय ३४ पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

संक्रमितको सङ्ख्या कम्तीमा पनि २५ लाख पुगेको पनि ब्राजिलका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । बिहीबार दिएको जानकारीअनुसार यहाँका ९० हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो सङ्ख्यामा नागरिक संक्रमित  भएको आशङ्का गरिएको छ । तर पनि परीक्षणको सङ्ख्या बढाउनुपर्ने उनीहरूको भनाइ छ ।

कतिपयले ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले कोरोनाको संक्रमणलाई  गम्भीरताका साथ नलिएका कारण यस्तो अवस्था आएको बताएमा छन् । ब्राजिलमा संक्रमण सुरु भएको दिनमा लकडाउन गरिएको थिएन ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले लकडाउनको विरोध गर्नेहरूलाई समर्थन गरिरहेको आरोप लगाइएको थियो । यसै कारण ठूलो सङ्ख्यामा संक्रमण फैलिएको बताउने गरिएको छ ।

हाल ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस संक्रमित हुने गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित