नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमणको पुष्टि

काठडमाडौं । गएको २४ घन्टामा नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको छ । यसैगरी गएको २४ घन्टाभित्र  १ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

हालसम्म १४ हजार २१ जना संक्रमित निको भैसकेका छन् । हाल नेपालमा ५ हजार ३ सय ६० जनामा कोरोनाको संक्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएको छ ।

देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन् ।

हालसम्म नेपालमा ३ लाख ५८ हजार ३सय ४४ जनामा कोरोनाको परीक्षण गरिएको छ । नेपालमा कोरोनाका कारण हालसम्म ४९ जनाको मृत्यु भैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित