काठडमाडौं । गएको २४ घन्टामा नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको छ । यसैगरी गएको २४ घन्टाभित्र १ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
हालसम्म १४ हजार २१ जना संक्रमित निको भैसकेका छन् । हाल नेपालमा ५ हजार ३ सय ६० जनामा कोरोनाको संक्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएको छ ।
देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ४ सय ७१ जना रहेका छन् ।
हालसम्म नेपालमा ३ लाख ५८ हजार ३सय ४४ जनामा कोरोनाको परीक्षण गरिएको छ । नेपालमा कोरोनाका कारण हालसम्म ४९ जनाको मृत्यु भैसकेको छ ।