अमेरिकामा तयार पारिएको खोप बाँदरमा सफल परीक्षण

वासिङ्टन । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ ।

खोपका कारण नाकमा कोरोनाभाइरस बढ्न रोकिनुको अर्थ नाक हुँदै शरीरका भित्री भागमा कोरोनाभाइरस संक्रमित हुने क्रम रोकिने अध्ययनको निचोड छ । अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप बाँदरमा परीक्षण गर्दा यस्तो नतिजा प्राप्त भएको थिएन ।

तर खोपले पशुको फोक्सोमा कोरोनाभाइरस प्रवेश गर्नबाट भने रोक्न सफलता प्राप्त भएको थियो । कोरोनाभाइरस फोक्सोमा पुगे त्यसले मानव स्वास्थ्यमा गम्भीर क्षति पुर्याउन सक्छ ।
मोडर्नाले पशुमा गरेको यस परीक्षणमा दुई समूहमा बाँदरहरूलाई विभक्त गरी दुई भिन्न किसिमका खोपको डोज दिइएको थियो ।

पहिलो समूहका बाँदरलाई १० माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई १०० माइक्रोग्रामका डोज दिइएको जर्नलमा उल्लेख छ । खोप लगाइएका सबै बाँदरमा नयाँ कोरोना भाइरसलाई निस्तेज बनाउने एन्टीबडी तयार भएको थियो ।
उल्लेखनीय कुरा के भने दुवै समूहका बाँदरमा मानवमा भन्दा बढी एन्टीबडी तयार भएको थियो ।

यही समूहका खोप लगाएका मानिसको पनि कोरोना सङ्क्रमण निको भएको थियो । वैज्ञानिकहरू हाल विकासक्रममा रहेका खोपकै कारण रोग अरु बढ्नसक्ने भन्दै चिन्तित पनि देखिएका छन् । तर हालसम्मका परीक्षणमा त्यस्तो परिस्थिति निर्माण भएको छैन ।

मोडर्नाले तयार पारेको खोप र अक्सफोर्ड विश्वविद्यालय एवम् अस्ट्रजेनिकाले संयुक्त रुपमा विकास गरेका खोपहरू अहिले मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित