काठमाडौं । नेपालमा थप १ सय ३० जनामा कोरोना भाइरसकाको नयाँ संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १८ हजार ६ सय १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
अहिलेसम्म नेपालमा कोरोनामुक्त भएकाहरुको संख्या १३ हजार १ सय २८ पुगेको छ । हाल पाँच हजार ४ सय ४० जनामा भाइरसको संक्रमण सक्रिय रहेको छ ।
हाल १७ हजार ९ सय ३ जना कोरोनाका आशंकित क्वारेन्टिनमा छन् । हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको स्वाब सङ्कलन गरी आरटी पीसीआर परीक्षण गरिएको छ ।
अहिलेसम्म नेपालमा कोरोनाका कारण ४५ जनाको ज्यान गैसकेको छ ।