नेपालमा थप १ सय ३० जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप १ सय ३० जनामा  कोरोना भाइरसकाको  नयाँ संक्रमण  पुष्टि भएको छ ।  योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या  १८ हजार ६ सय १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

अहिलेसम्म नेपालमा कोरोनामुक्त  भएकाहरुको संख्या १३ हजार १ सय २८ पुगेको छ । हाल पाँच हजार ४ सय ४० जनामा भाइरसको संक्रमण सक्रिय रहेको छ ।

हाल १७ हजार ९ सय ३ जना कोरोनाका आशंकित क्वारेन्टिनमा छन् । हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको स्वाब सङ्कलन गरी आरटी पीसीआर परीक्षण गरिएको छ ।

अहिलेसम्म नेपालमा कोरोनाका कारण ४५ जनाको ज्यान गैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित