खुमन अधिकारीको तीज गीत ‘थाहा छैन – कोरोना लाछैन ’

लन्डन । हिन्दू नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा नेपालमा  तीजको बजार पनि तात्तिदै गएको छ । कोरोनाको कहरले गर्दा विगतका वर्षमा जस्तै महिनौं अगाडीदेखि तीजको चहलपहल नदेखिए पनि पछिल्लो समयमा बजारमा प्रशस्त तीजका गीतहरु आउन थालेका छन् ।

लोक गायन क्षेत्रमा नेपाली सांगीतिक बजारमा अग्रणी भूमिका निभाउंदै आएका गायक खुमन अधिकारीले  योवर्ष पनि  दर्जन भन्दा बढी तीजका गीतहरु गाइसकेका छन् । कोरोनासंग सम्बन्धित उनको पछिल्लो ‘थाहा छैन (कोरोना लाछैन)’ बोलको तीज गीत सार्वजनिक भएको छ । यस गीतमा गायक खुमन अधिकारीलाई अर्की चर्चित गायिका सम्झना भण्डारीले साथ् दिएकी छन् ।

कोरोनाका कारण त्रसित मनलाई सान्त्वना दिंदै ‘नडराउ न कोरोना लाछैन’ जस्ता शब्दहरुको सृजना प्रकाश पराजुलीले गरेका हुन् । यस गीतमा लय सृजना तथा भिडियो निर्देशन गायक खुमन अधिकारीको रहेको छ भने अभिनय पनि स्वयंले गरेका छन् ।

उनलाई  अभिनयमा लोमश शर्मा, धुर्ब  हिमाली, अर्जुन गौतम, बबिन ठकुरी, दिपाषा बीसी र दिव्यानी ओलीले साथ् दिएका छन् । स्मृति तिमिल्सिनाको ‘गुरुआमाको निर्देशन तथा छायांकन रहेको यस भिडियोको सम्पादन करण चैसिरले गरेका हुन् । उक्त भिडियोलाई खुमन अधिकारीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक अग्रिएको हो ।

थाहा छैन (कोरोना लाछैन )भिडियो हेर्नुहोस

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित