कोरोनाको संक्रमणबाट विश्वभर ६ लाख ३७ हजार भन्दा बढीको मृत्यु

लन्डन  । शुक्रबार दिउँसोसम्म विश्वभर १ करोड ५७ लाख १६ हजार ४३  जना व्यक्ति कोरोना भाइरसबाट  संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख ३७ हजार ६ सय १८  व्यक्तिको मृत्यु भएको वर्ल्डओमिटरले जानकारी दिएको छ ।

संक्रमितमध्ये हालसम्म ९५ लाख ८८  हजार ९ सय ११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५४ लाख ८९ हजार ५ सय १४  व्यक्ति कोरोना भाइरस संक्रमित रहेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ । संक्रमितमध्ये ६६ हजार २ सय १८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख ७१ हजार ३ सय ७८  जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । कोरोनाका  कारण अमेरिकामा १ लाख ४७ हजार ३ सय ६४  व्यक्तिको मृत्यु भइसकेको छ ।

युरोपमा २७ लाख ४५ हजार २ सय  १ सय ८० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ७ सय ४९ जनाको  मृत्यु भएको छ ।  युरोपभरिमा बेलायतमा  सबैभन्दा बढीको मृत्यु भएको छ भने बढी संक्रमित हुनेमा  स्पेन रहेको छ ।  यसैगरी एसियामा ३७ लाख २२ हजार १ सय ८० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८६ हजार ७ सय ३४  जनाको मृत्यु भएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित