नेपालमा थप १ सय ३३ संक्रमित, एकको मृत्यु

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप १ सय  ३३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या १८ हजार ३ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । प्रवक्ता गौतमका अनुसार हाल ५ हजार ३ सय ८३ जनामा कोभिड–१९ को संक्रमण  सक्रिय रहेको छ ।

हाल क्वारेन्टिनमा १९ हजार ४ सय ४४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ७ जना कोरोना का संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको  संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।

थप एकजनाको मृत्यु

पछिल्लो २४ घन्टामा कोरोनाको संक्रमणबाट थप एकजनाको निधन भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका वडा नं ११, श्रीपुर निवासी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको छ ।

मुटु सम्बन्धी रोगसँगै निमोनियाबाट ग्रसित ती महिलाको उपचारको क्रममा बिहान ६ बजेर ४५ मिनेटमा नारायणी उपक्षेत्रीय अस्पताल, बिरगञ्जमा निधन भएको हो ।

योसंगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुन्र्को संख्या ४४ पुगेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित