काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप १ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या १८ हजार ३ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । प्रवक्ता गौतमका अनुसार हाल ५ हजार ३ सय ८३ जनामा कोभिड–१९ को संक्रमण सक्रिय रहेको छ ।
हाल क्वारेन्टिनमा १९ हजार ४ सय ४४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ७ जना कोरोना का संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।
थप एकजनाको मृत्यु
पछिल्लो २४ घन्टामा कोरोनाको संक्रमणबाट थप एकजनाको निधन भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका वडा नं ११, श्रीपुर निवासी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको छ ।
मुटु सम्बन्धी रोगसँगै निमोनियाबाट ग्रसित ती महिलाको उपचारको क्रममा बिहान ६ बजेर ४५ मिनेटमा नारायणी उपक्षेत्रीय अस्पताल, बिरगञ्जमा निधन भएको हो ।
योसंगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुन्र्को संख्या ४४ पुगेको छ ।