नेपालमा कोरोनाको संक्रमणबाट एक विदेशीसहित दुईको मृत्यु, १८ हजार भन्दा बढी संक्रमित

काठमाडौँ । नेपालमा कोरोनाको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । धनुषाका ६० वर्षका एक पुरुषको विपी स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा साउन ६ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यसैगरी ४९ वर्षीय  चिनियाँ नागरिकको पनि काठमाडौंको  ग्राण्डी अस्पतालमा उपचारकै क्रममा साउन ७ गते  मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिएका छन्  । योसँग नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेका सङ्ख्या ४२ पुगेका छ ।

नेपालमा कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ  । पछिल्लो २४ घन्टाभित्र नेपालमा कोरोना भाइरस कोभिड–१९ का थप १ सय जना नयाँ संक्रमित  थपिएका छन् ।

योसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

गएको २४ घण्टामा  नेपालमा ३ हजार ७ सय ७९ जनामा नमूना सङ्कलन गरी परीक्षण गरिएको छ  ।  नेपालमा कोरोनाको संक्रमण भएका २ सय ७ जना निको भएर घर फर्किएका छन् ।

योसंगै निको भएर घर फर्किनेको संख्या १२ हजार ६ सय ८४ जना पुगेको छ  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित