भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना संक्रमित, ५ सय ८७ को मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको  सङ्ख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित  थपिएका छन् ।

सरकारी अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १ सय ४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५ सय ८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ ।

त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित  भएकाहरूको सङ्ख्या ११ लाख ५५ हजार १ सय ९१ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिले पनि ४ लाख दुई हजार ५ सय २९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख २४ हजार ५ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १८ हजार ६ सय ९५ जना संक्रमित  भएका छन् भने संक्रमणका कारण १२ हजार ३० व्यक्तिको मृत्यु भएको छ ।

त्यसपछि तमिलनाडुमा एक लाख ७५ हजार ६ सय ७८ संक्रमित  रहेका छन् । राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २३ हजार ७ सय ४७ कोरोना भाइरस संक्रमित  रहेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित