नेपालमा करिब १८ हजार कोरोना संक्रमित, १२ हजार भन्दा बढी निको भए

काठमाडौँ । पछिल्लो २४ घन्टाभित्र नेपालमा कोरोना भाइरस (कोभिड–१९) का थप १ सय ५० जना नयाँ संक्रमित  थपिएका छन् ।

३ हजार ९ सय ६१ जनामा गरिएको थप परीक्षणबाट उक्त संक्रमित संख्या  थपिएका   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्  ।

योसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या १७ हजार ९ सय ९४ पुगेको छ । काठमाण्डौ उपत्यकामा थप ९ जना कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घन्टामा गरिएको परीक्षण अनुसार  काठमाण्डौमा ८ जना र ललितपुरमा १ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा  ६ सय ९ जना कोरना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म १२ हजार ४ सय ७७ जना कोरोना संक्रमितहरु निको भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जस अनुसार निको हुनेको संख्या ६९.३४ प्रतिशत हुन् आउँछ ।  हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ जना रहेको छ  ।

नेपालमा भोजपुर, पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ गरि ७ वटा जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भाएका  छन्  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित