पूर्व गोर्खा सैनिकको भत्ता कटौती भएकामा गेसोद्वारा सर्वोच्चमा मुद्दा दायर

लन्डन । आन्दोलनरत भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले नेपाल सरकारमाथि पनि रिट दायर गरेको छ । सिनियर सिटिजनलाई सम्मानस्वरूप दिंदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने नेपाल सरकार मन्त्री परिषद्को बैठकद्वारा गरिएको निर्णय विरुद्ध गेसोले उक्त कदम चालेको हो ।

सामाजिक सुरक्षा भत्ता कटौती गरि विदेशी सेनामाथि विभेद गरेको भन्दै बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसको तर्फबाट साउन ५ गते सयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । समग्र गोर्खाहरुको अधिकारको निमित्त कानूनी लडाई लड्ने उद्देश्यले भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले नेपाल सरकारलाई विपक्षी बनाइ रिट दायर गरेको गेसोका सभापति कृष्णकुमार राईले जानकारी दिए ।

हालै मात्र नेपाल सरकारले विदेशी सेनामा काम गरेवापत पेन्सन पाउँदै आइरहेकाहरुलाई नेपालमा उपलब्ध वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्ता लगायतका सुविधाहरु कटौती गर्ने निर्णय गरेको थियो । सरकारको यस निर्णयले विदेशी सेनामाथि विभेद गरेको गेसोले बताएको छ । ‘यो एउटा राष्ट्रिय मुद्दा हो, हाम्रो विजय अवश्य हुनेछ’ गेसोका अध्यक्ष राईले भने ।

गेसोले विगत तीन दशकदेखि न्यायिक समानताका लागि बेलायत विरुद्ध आन्दोलन गर्दै आएको छ । यस अवधिभित्र गेसोले थुप्रै उपलब्धि समेत हात पारेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित