नेपालमा थप १ सय ८६ जना कोरोना संक्रमित, १ सय ७३ जना निको भए

काठमाण्डौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित  हुनेको कूल संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ८६ जनामा कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिएका छन् ।

२४ घण्टामा १ सय ७३ जना कोरोना संक्रमित निको भएर  घर फर्केका छन् । हालसम्म ११ हजार ८ सय ६८ जना संक्रमित  निको भएका छन् ।

हालसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको प्रवक्ता गौतमले बताएका छन्  ।  पछिल्लो २४ घण्टामा ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण भएको छ ।

कोरोनाको आशंकामा नेपालमा हाल २२ हजार २ सय २८ जना क्वारेन्टाइनमा रहेका छन्  । यसैगरी ५ हजार ९ सय ३६ जनामा कोभिड–१९ को संक्रमण सक्रिय रहेको छ ।

कोरोनाको संक्रमणका कारण हालसम्म नेपालमा ४० जनाले ज्यान गुमाइसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित