लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता विदेशमा थप १६ जना नेपालीहरुको निधन भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिले जानकारी दिएको छ ।
मृत्यु हेनेमा कतारमा ८ जना, कुवेतमा ३ जना र युएईमा ५ जनाको निधन भएको हो । कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ ।
शनिवार साँझ सम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाकाले जानकारी दिएका छन् ।
विदेशमा नेपालीको अवस्था
हालसम्म विदेशमा रहेका २० वटा मुलुकमा नेपालीहरु कोरोनाबाट पूर्ण रुपमा मुक्त रहेका छन् । लगभग ९३ प्रतिशत संक्रमित नेपालीहरु कोरोना मुक्त भएको संघले जनाएको छ ।
मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् । विदेशमा ३० हजार ५ सय ७१ जना मध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।
पछिल्लो समयमा भारत, साउदी, युएई र कुवेतमा मात्र ९ सय ५० जना नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । कोरोनाको संक्रमणबाट विश्वभर ज्यान गुमाउने नेपालीहरुको संख्या १ सय जना ६० पुगेको छ । यसैगरी सबैभन्दा बढी बेलायतमा ६७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा कोरोनाको अवस्था
शनिबारसम्ममा नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ४० पुगेको छ । हालसम्म १७ हजार ५ सय २ जनामा कोरोना संक्रमण फैलिएको छ । ती मध्ये करिब ६५ प्रतिशत अर्थात ११ हजार ६ सय ३७ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।
विदेशमा रहेका नेपालीको उद्धार
गैरआवासीय नेपाली संघ, नेपाल सरकार, र कुटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २९ हजार ७ सय ८० जना उद्धार भएको छ ।
१ सय ७२ शव ल्याइयो यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।
विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी रहेको बताइएको छ ।