मानसिक तनाव कम गर्न जेष्ठ नागरिकलाई व्यायाम आवश्यक  

नियमित रुपमा शारीरिक व्यायाममा संलग्न हुने जेष्ठ नागरिकहरूलाई मानसिक तनाव कम हुने एक अध्ययनले देखाएको छ । त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्बन्धी समस्या र अन्य शारीरिक कमजोरीलगायतका समस्या हुनेहरुको लागि पनि नियमित शारिरिक अभ्यास छ की छैन भन्ने कुराले महत्व राख्ने अध्ययनकर्ताहरूको निष्कर्ष छ ।

ब्राजिलको साओ पाउलो विश्वविद्यालयबाट गरिएको एक अध्ययनको प्रतिवेदन अमेरिकी जेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित गरिएको छ । सो अध्ययनअनुसार पाँचदेखि १० दिनसम्मको निस्कृयतामा पनि मांशपेसीमा समस्या ल्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि जेष्ठ नागरिकहरूको शारीरिक अभ्यासमा कमी आएको र त्यसले उनीहरूको स्वास्थ्यमा पनि असर पारेको अध्ययनकर्ताहरूले बताएका छन् ।

दैनिक एक हजार ५  सय   पाईलासम्म हिडेकाहरूलाई मांशपेसी चलेर स्वास्थ्यमा कम समस्या आउने अध्ययनले देखाएको छ । शारीरिक अभ्यास कम हुँदा रगतमा चिनीको मात्रा बढ्ने चिकित्सकहरूको भनाइ छ ।

मानसिक तनाव कम गर्न र रगतमा चिनीको मात्रलाई नियन्त्रण गर्न विशेषगरि जेष्ठ नागरिकहरुले नियमित रुपमा हिड्ने बानि गर्नु पर्दछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित