नियमित रुपमा शारीरिक व्यायाममा संलग्न हुने जेष्ठ नागरिकहरूलाई मानसिक तनाव कम हुने एक अध्ययनले देखाएको छ । त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्बन्धी समस्या र अन्य शारीरिक कमजोरीलगायतका समस्या हुनेहरुको लागि पनि नियमित शारिरिक अभ्यास छ की छैन भन्ने कुराले महत्व राख्ने अध्ययनकर्ताहरूको निष्कर्ष छ ।
ब्राजिलको साओ पाउलो विश्वविद्यालयबाट गरिएको एक अध्ययनको प्रतिवेदन अमेरिकी जेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित गरिएको छ । सो अध्ययनअनुसार पाँचदेखि १० दिनसम्मको निस्कृयतामा पनि मांशपेसीमा समस्या ल्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि जेष्ठ नागरिकहरूको शारीरिक अभ्यासमा कमी आएको र त्यसले उनीहरूको स्वास्थ्यमा पनि असर पारेको अध्ययनकर्ताहरूले बताएका छन् ।
दैनिक एक हजार ५ सय पाईलासम्म हिडेकाहरूलाई मांशपेसी चलेर स्वास्थ्यमा कम समस्या आउने अध्ययनले देखाएको छ । शारीरिक अभ्यास कम हुँदा रगतमा चिनीको मात्रा बढ्ने चिकित्सकहरूको भनाइ छ ।
मानसिक तनाव कम गर्न र रगतमा चिनीको मात्रलाई नियन्त्रण गर्न विशेषगरि जेष्ठ नागरिकहरुले नियमित रुपमा हिड्ने बानि गर्नु पर्दछ ।