पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारको लागि २३ लाख रुपैयाँको सहयोग

लण्डन । नेपाल पत्रकार महासंघद्वारा स्थापित ‘पत्रकार आपत्कालीन राहत कोष’ मा नेपाल पत्रकार महासंघ यूके शाखाले २३ लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ । शनिबार लण्डनमा जुम प्रविधिमार्फत बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त सहयोग रकममध्ये २० लाख रुपियाँ महासंघको अक्षय कोषमा राखिने छ भने बाँकी ३ लाख रुपियाँ कोरोना महामारीका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गरिने छ । यसअघि तत्तकालिन अध्यक्ष चिरन शर्माको कार्याकालमा भूकम्प पिडित पत्रकारको लागि नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा शाखाले १३ लाख रुपैयाँ सहयोग गरेको थियो ।

‘पत्रकार आपत्कालीन राहत कोष’ मा कम्तिमा १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित केन्द्रीय समितिको तर्फबाट ३० लाख रुपैयाँ जम्मा भइसकेको छ ।

पत्रकार महासंघ यूकेले सन् २०१७ आयोजना गरेको एक च्यारिटी कार्यक्रममा संकलन गरेको रकममध्येबाट २३ लाख  रुपैयाँको सहयोग गर्ने निर्णय गरेको हो ।  महासंघद्वारा आपत्कालिन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय पनि गरेको छ ।

शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको सो बैठकमा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टले कोषको उद्देश्यको बारेमा प्रष्ट पारेका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले कोभिड-१९ बाट उत्पन्न समस्याका कारण नेपालमा झन्डै दुई हजार पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि ७ सय ५० भन्दा बढी पत्रपत्रिका तथा ५ ओटा एफएम रेडियो स्टेशनहरु बन्द भएको जनाए ।

“रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको हो,” उनले भने। महासचिव बिष्टले आपत्कालीन कोषमा उल्लेखनीय सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ युकेलाई हार्दिक धन्यवाद दिए ।

बेलायतमा ‘एफएनजे युके पत्रकारिता पुरस्कार’  को स्थापना

पत्रकार महासंघ बेलायत शाखाको आज बसेको बैठकले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागि १ हजार पाउण्ड  अर्थात  करिब (१ लाख ५१ हजार रुपैयाँ) बराबर राशीको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।

शाखाका महासचिव सञ्जयभक्त कँडेलले संचालन गरेको बैठकमा शाखाका सल्लाहकारहरु भगीरथ योगी र नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, उपाध्यक्ष लीलामान शेरपुञ्जा, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी, पूर्ण गुरुङ र डा. जगन कार्की, सहकोषाध्यक्ष रोशन मेवाहाङ, सदस्यहरु मञ्जु भण्डारी खरेल, खेमराज रानाभाट, बम सूर्यवंशीको उपस्थिति रहेको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित