नेपालमा कोरोनाबाट थप १ सय १ संक्रमित, एकको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट थप १ सय १ जना संक्रमित भएका छन् । योसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या १७ हजार ४ सय ४५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ८५ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका  छन् ।

हालसम्म नेपालमा ११ हजार ५ सय ३४ जना कोरोना संम्क्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो चौबीस घण्टामा २७ वटा प्रयोगशालाबाट ४ हजार ६ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या निको हुने दर ६६.१२ प्रतिशत पुगेको छ ।

हाल २२ हजार ७ सय ५६ जना क्वारेन्टाइनमा र ५ हजार ८ सय ७१ जना आईसोलेसनमा रहेका पनि मन्त्रालयले जानकारी दिएको छ ।

थप एकको मृत्यु

पछिल्लो २४ घन्टामा थप एकजान कोरोना संक्रमितको मृत्यु भाको छ । योसंगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

सप्तरी जिल्लाको राजविराजका एकजना ७३ वर्षीय पुरुषको बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।

डाइविटिज र मुटुको दिर्घरोगी ति वृद्ध असार ३१ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित