विदेशमा अलपत्र नेपालीलाई निशुल्क उद्धार गरिने, एनआरएनएद्वारा  स्वागत

लण्डन । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरू सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तले सरकारले बैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपालीहरुलाई निशुल्क स्वदेश फर्काउने निर्णयको स्वागत गरेका छन् ।

पन्तले सरकारले गरेको पछिल्लो निर्णयले मध्यपूर्वमा रहेका नेपालीहरुलाई ठूलो राहत मिल्ने बताए ।

अलपत्र नागरिकलाई फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन्।

सरकारले कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्दधन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय गरेको थियो ।

यसअघि गैरआवासीय नेपाली संघले विदेममा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्धार गर्न सरकारसंग पटकपटक छलफल गरेको थियो ।

स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम प्रयोग गर्ने निर्णय सरकारले विहीवार सार्वजनिक गरेको हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित