काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
गएको चौबीस घण्टामा ४ हजार ९ सय ८१ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा थप २ सय १३ जना उपचारपछि डिस्चार्ज गरिएका छन् । हालसम्म कुल ११ हजार २ सय ४९ जना कोरोना मुक्त भई घर फर्केका छन् ।
हाल २३ हजार ५ सय जना क्वारेन्टाइनमा र ६ हजार ५६ जना आइसोलेसनमा रहेका पनि प्रवक्ता गौतमले जानकारी दिए ।
आजसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय १० जनाको परीक्षण भएको छ । हाल मुलुकमा संक्रमितमध्ये ६ हजार ५६ जना उपचाररत रहेका पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मुलुकमा कोरोनाका कारण ३९ जनाले ज्यान गुमाइसकेका छन् ।