बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

लन्डन । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) का कारण पछिल्लो समयमा  बेलायतमा मृत्युदर र संक्रमित हुनेको संख्यामा उल्लेखनीय रुपमा कमी हुँदै गैरहेको छ । गएको एक हप्ताभित्र स्कटल्याण्डमा कोरोनाको संक्रमणका कुनै पनि बिरामीको मृत्यु नभएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ ।

यसैगरी गएको २४ घन्टामा बेलायतका अस्पतालमा थप ८५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ४५ हजार ५३ पुगेको छ । तर राष्ट्रिय तथ्याँक विभागले भने मृतक संख्या ५५ हजारभन्दा बढी रहेको बताउँदै आएको छ ।

२४ घन्टाभित्र बेलायतमा थप ५ सय ३८ जनामा कोरोनाको पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ । बेलायतमा कोरोनाबाट संक्रमित कूल संख्या २ लाख ९१ हजार ९ सय ११ रहेको छ । विश्वभरिमा सबैभन्दा बढी कोरोनाबाट मृत्यु हुने मुलुकमा बेलायत तेस्रो स्थानमा रहेको छ भने युरोपभरमा बेलायत अग्रस्थानमा रहेको छ । यसैगरी बढी संक्रमित मुलुकहरुमध्ये बेलायत दशौँ स्थानमा रहँदै आएको छ ।

बेलायतमा मास्क अनिवार्य

बेलायतमा कोरोना संक्रमणमा आएको कमिसँगै बेलायती जनजीवनमा पनि थप सहज बन्दै गएको छ । कोरोना संक्रमणको नियन्त्रणका लागि सरकारद्वारा जारी लकडाउनको करिब ४ महिना पुग्नै लाग्दा मानिसहरुको दैनिकी सामान्य  बन्दै गएको छ । यद्दपि कोरोनाबाट पूर्ण रुपमा मुक्ति नभएका कारण सामाजिक दुरीको कायम र सार्वजनिक यातायातको प्रयोगमा अनिवार्य मास्क लगाउनुपर्ने नियम गत जुन १५ बाट लागू गरिएको छ ।

आगामी जुलाई २४ तारिखबाट सुपर मार्केटमा जाँदा समेत अनिवार्य मास्क लगाउनुपर्ने सरकारले घोषणा गरेको छ । यदि कसैले मस्क नलगाएको पाइएमा १ सय पाउण्डसम्म जरिवाना गरिने सरकारले बताएको छ । तर स्वास्थ्य लगायतका केहि कारणले मास्कको प्रयोग गर्न असमर्थ हुनेको लागि भने उक्त नियम लागू नहुने बताइएको छ । अनिवार्य मास्कको प्रयोगका कारण पसलमा काम गर्नेहरुका लागि पनि सुरक्षित महसुश हुने स्वास्थ्य मन्त्री म्याट ह्यानककले बताएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित