काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ । आज दिउँसो रौतहटका ३६ वर्षीय एक पुरुषको कोरोनाका कारण निधन भएसंगै मृत्यु हेनेको कूल संख्या ३९ पुगेको हो ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ७ सहित थप १ सय १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या १७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घन्टामा ५ हजार ९० जनामा पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा २ लाख ९८ हजार ८ सय २९ जनामा पीसीआर परीक्षण भएको छ ।
नेपालमा हाल क्वारेन्टाइनमा २४ हजार ५ सय २७ र आइसोलेसनमा ६ हजार १ सय १३ रहेका छन् । प्रवक्ता गौतमले दिएको जानकारी अनुसार गएको २४ घन्टामा ६ सय ९७ जना डिस्चार्ज भएर घर फर्केका छन् ।
यसरि हालसम्मा संक्रमितमध्ये घर फर्किनेको कूल संख्या ११ हजार २५ पुगेको छ । यसरी हेर्दा निको हुनेको संख्या ६४.२ प्रतिशत हुन आउँछ ।