नेपालमा कोरोनाबाट थप एकको मृत्यु, १ सय १६ जना संक्रमित

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ । आज दिउँसो रौतहटका ३६ वर्षीय एक पुरुषको कोरोनाका कारण निधन भएसंगै मृत्यु हेनेको कूल संख्या ३९ पुगेको हो  ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ७ सहित थप १ सय १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या १७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घन्टामा ५ हजार ९० जनामा पीसीआर परीक्षण गरिएको  छ । हालसम्म नेपालमा २ लाख ९८ हजार ८ सय २९ जनामा पीसीआर परीक्षण भएको छ ।

नेपालमा हाल क्वारेन्टाइनमा २४ हजार ५ सय २७ र आइसोलेसनमा ६ हजार १ सय १३ रहेका छन् । प्रवक्ता गौतमले दिएको जानकारी अनुसार गएको २४ घन्टामा ६ सय ९७ जना डिस्चार्ज भएर घर फर्केका छन् ।

यसरि हालसम्मा संक्रमितमध्ये घर फर्किनेको कूल संख्या ११ हजार २५ पुगेको छ । यसरी हेर्दा निको हुनेको संख्या ६४.२ प्रतिशत हुन आउँछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित