एनआरएनएद्वारा भानु जयन्ती एवं अन्तरार्ष्ट्रिय नेपाली भाषा दिवस सम्पन्न

गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले २०७ औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस एक विशेष कार्यक्रम गरी मनाएको छ। संघ मातहतको भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले आइतवार आफ्नो साप्ताहिक अनलाईन कार्यक्रम प्रवासी प्रवाहलाई भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस विशेष कार्यक्रमको रुपमा मनाएको हो ।

सो विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको सभापतित्व गर्नु भएका एनआरएन आइसीसीका अध्यक्ष कुमार पन्तले एनआरएन नेपाली भाषा,साहित्यको प्रवर्द्धनका लागि सहयोग गर्न तयार रहेको बताए । अध्यक्ष पन्तले समितिमार्फत भैरहेका गतिविधिहरुको सह्राहना समेत गरेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमूख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कूलपति डाक्टर जगमान गुरुङले एनआरएन र प्रतिष्ठानले एकापसमा सहकार्य गरेर भाषा,साहित्यको क्षेत्रमा धेरै काम गर्न सक्ने भन्दै प्रतिष्ठानबाट प्रदान गरिने भानुभक्त पुरस्कारका लागि एनआरएनलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यसैगरी उनले भानु सर्किट निर्माणका लागि प्रतिष्ठानका तर्फबाट एनआरएनसंग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गरे । प्रमुख अतिथि उप-कूलपति गुरुङले भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसका रुपमा मनाउन आफुले प्रतिष्ठानको तर्फबाट आवश्यक पहल गर्ने बताए ।

प्रमुख अतिथिको आग्रहलाई सम्बोधन गर्दै एनआरएन अध्यक्ष पन्तले ‘एनआरएन केही गर्न चाहन्छ भन्दै पुरस्कारका लागि सहयोग गर्ने र भानु सर्किटको प्रस्ताव बारे छलफल गरेर अघि बढ्ने’ जानकारी दिए । एनआरएनका संस्थापक मध्ये एक,पूर्व अध्यक्ष एवं समितिका वरिष्ठ सल्लाहकार जीवा लामिछानेले आफ्नो कार्यकालमा प्रज्ञा प्रतिष्ठान र एनआरएनका बीच आपसी सहकार्य गरेर जाने सम्झौता भएको र सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

एनआरएन भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य व्याक्ता गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डाक्टर हेमनाथ पौडेल,प्रतिष्ठानका पूर्व सदस्य सचिव डाक्टर तुलसीप्रसाद भट्टराई,भाषाविद प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदी,रुसमा बसेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा योगदान गर्दै आएका कृष्णप्रकाश श्रेष्ठ,नेपालीभाषी भुटानी मूलका साहित्यकार डाक्टर लक्ष्मीनारायण ढकाल (हाल अमेरिका) र म्यान्मार (बर्मा) मा रहेका नेपाली भाषी साहित्यकार प्रवीणहरि प्रधान’भिक्टर’ लगायतका प्राज्ञ एवं साहित्यकारहरुले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान,नेपाली भाषा-साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न भैरहेका प्रयासहरु र यसका चुनौती एवं गैर आवासीय नेपालीहरुले भाषा र साहित्यको क्षेत्रमा गरिरहेको योगदानका बारे चर्चा गरेका थिए ।

करीब तीन घण्टा लामो कार्यक्रमको संचालन समितिकी सदस्य सचिव एवं प्रवासी प्रवाह कार्यक्रमकी संचालक भगवती बस्नेत र समितिका मिडिया को अर्डिनेटर गौतम दाहालले गरेका थिए । एनआरएनएले यसरी बृहत रुपमा नेपाली साहित्य र भाषाका विशिष्ठ व्यक्तित्वहरुलाई सहभागी गराएर पहिलोपटक यस्तो अन्तरक्रिया कार्यक्रम गरेको हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित