नेपालमा कोरोनाबाट थप तीनको मृत्यु, ७० जना संक्रमित

काठमाडौँ । नेपालमा कोरोना संक्रमण पुष्टि भएका थप ३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

मृत्यु हुनेमा २ जना काठमाण्डौका र एकजना सिन्धुपाल्चोकका रहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार काठमाण्डौ १० शंखमुलका म्रिगौलापीडित ६० वर्षीय पुरुष, काठमान्डौ गोकर्णेश्वरकै ५४ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँच पोखरीका ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

गएको २४ घन्टामा नेपालमा थप ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा ३ हजार ६ सय ४८ जनामा कोरोनाको परीक्षण गरिएको छ । हाल क्वारेन्टाइनमा २४ हजार ८७ रहेका छन् भने पछिल्लो चौबिस घण्टामा ४ सय ३१ जना संक्रमित निको भई घर फर्केका छन् ।

आइसोलेसनमा रहेका बिरामीहरुको सङ्ख्या ८ हजार २ सय ३९ रहेको छ

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित