बाढी पहिरोबाट ४६ जनाको मृत्यु, ५८ वेपत्ता

काठमाडौँ । नेपालमा हालौ सुरु भएको मनसुनका कारण भएको बाढी पहिरोबाट विभिन्न १२ जिल्लमा ४६ जनाले ज्यान गुमाएका छन् ।

पर्वत, पाल्पा, बझाङं, गुल्मीको इश्मा ,सिन्धुपाल्चोक, म्याग्दी, कास्की, जाजरकोट, लमजुङ, रुकुम पश्चिममा गएको पहिरोमा परि ३७ जना घाइते भएको गृह मन्त्रालयले जनाएको  छ ।

यसैगरी हालसम्म ५८ जना वेपत्ता रहेको खबर साँझसम्म संकलन भएको छ । आज मात्र एक जनाको बाढीले बगाएर र २३ जनाको पहिरोमा परि मृत्यु भएको छ ।

२४ जना वेपत्ता छन् । सिन्धुपाल्चोकमा हालसम्म दुई जनाको मात्र शव फेला परे पनि अन्यको भेटिएको छैन् । पाँच जना घाइते काठमाडौँमा छन् । हालसम्म एक चिनियाँ सहित २१ जना वेपत्ता रहेका छन् ।

म्याग्दीमा पहिरोमा परि ३ जनाको मृत्यु भएकोे छ । एक जनाको बाढीले बगाएर मृत्यु भएको छ भने पाँच जना घाइते छन् । त्यहाँ २९ जना वेपत्ता रहेका छन् ।

आपतकालीन केन्द्रका अनुसार जाजरकोटमा सात जनाको शव फेला परेको छ । पाँच जना घाइते र पाँच जना वेपत्ता रहेका छन् । कास्कीमा सात जनाको शव फेला परेको छ भने १७ जना घाइते छन् ।

लमजुङमा तीनजनाको मृत्यु तीन जना घाइते रहेका छन् । गुल्मीको कुश्मा एक जना र रुकुम पश्चिमको आठबिसकोटमा दुई जनाको मृत्यु भएको छ ।

संघीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालय विपदपछिको उद्धार, राहत र उपचारमा जुटेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित