काठमाडौँ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय ४९ पुगेको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
गएको २४ घण्टामा काठमान्डौ उपत्यकामा ४२ जना सहित थप १ सय १८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
काठमाडौँमा २८ जना, ललितपुरमा १३ जना र भत्तपुरमा एकजना संक्रमित भएका छन् । आज १ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन् ।
योसंगै अहिलेसम्म निको भएर डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जनामा पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म २ लाख ७५ हजार २ सय ५१ जनामा परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा २३ हजार ९ सय १० र आइसोलेसनमा ८ हजार ६ सय ३ जना रहेका छन् ।
यसैगरी धनकुटा, भोजपुर , सोलुखम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला भएको घोषणा भएका छन् ।