नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमित  पुष्टि

काठमाडौँ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय ४९ पुगेको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

गएको २४ घण्टामा  काठमान्डौ उपत्यकामा ४२ जना सहित थप १ सय १८ जनामा कोरोना संक्रमित  पुष्टि भएको छ ।

काठमाडौँमा  २८ जना, ललितपुरमा १३ जना र भत्तपुरमा एकजना संक्रमित भएका छन् । आज १ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसंगै अहिलेसम्म निको भएर डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार  ८ सय ६  जनामा  पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म २ लाख ७५ हजार २ सय ५१ जनामा परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा २३ हजार ९ सय १० र आइसोलेसनमा ८ हजार ६ सय ३ जना रहेका छन् ।

यसैगरी धनकुटा, भोजपुर , सोलुखम्बु,  हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला भएको घोषणा भएका  छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित