एनआरएनए यूकेको चित्रकला प्रतियोगितामा ४६ वालबालिकाहरु सहभागी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आयोजना गरेको चित्रकला प्रतियोगिताको नजिता प्रकाशन गर्ने तयारी गरेको छ ।

संघकी अध्यक्ष पुनम गुरुङ्ग र महासचिव फडिन्द्र भट्टराईले विहीवार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नतिजा आगामी भदौ ४ (अगष्ट २० तारिख) गते बाल दिवसको अवसर पारेर एक समारोहका बीच सार्वजनिक गरिने जनाएका छन् ।

एनआरएनए युकेद्धारा विज्ञप्तिको पूर्णपाठ,

गैरआवासीय नेपाली संघ बेलायतले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४६ जना बालबालिकाहरुद्वारा आआफ्नो चित्रकला मार्फताका सृजनाहरु समावेश भएको जानकारी गराउन चाहन्छौ ।

बेलायतमा कोरोना संक्रमणले गर्दा भएको लकडाउनमा विद्यालयहरु समेत बन्द अवस्थामा घरमै बस्न वाध्य बालवालिकाहरुलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यले आयोजित चित्रकला प्रतियोगितामा उत्साहजनक सहभागिताको लागि सम्पूर्ण प्रतियोगी बालवालिका तथा अविभावकहरुमा सम्बन्धित सबैमा एनआरएनए यूके हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेलको संयोजनमा संचालन गरिएको यो चित्रकला प्रतियोगितामा प्राप्त सृजनाहरुको मुल्यांकनको लागि विशेषज्ञहरु सम्मिलित एक समिति मार्फत निश्चित मापदण्डको आधारमा निष्पक्ष र स्वतन्त्र मुल्यांकनको प्रक्रिया अवलम्वन गरिएको जानकारी समेत गराउन चहान्छौ।

यसै सन्दर्भमा प्रतियोगितामा सामेल जम्मा ९२ वटा चित्रकलाहरुको एउटा दस्तावेजको रुपमा रहने गरी रंगिन पुस्तिका समेत प्रकाशन गर्न लागिएको कुरा समेत जानकारी गराउन चहान्छौ ।

प्रतियोगिताको नतिजा आगामी भदौ ४ गते बाल दिवसको अवसर पारेर एक समारोहका विच सार्वजनिक गरिने छ । उक्त अवसरमा प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्र तथा विजयी प्रतियोगीलाई पुरस्कार वितरण गरिने छ ।

साथै सबै चित्रहरु सम्मिलित पुस्तिकाको वितरण समेत सोही दिन गरिने व्यहोरा अवगत गराईन्छ । गैरआवासीय नेपाली संघ बेलायत नयाँ पुस्ताका बालवालिकाहरु लाई नेपाल र नेपाली समुदायका गतिविधीमा संलग्न गराउन सदैव क्रियाशील रहेको छ ।

यसै अन्तर्गतको यो प्रतियोगितामा सहभागी प्रतियोगी, अविभावक तथा संयोजक र मुल्यांकन समिती प्रति एनआरएनए यूके हार्दिक आभार व्यक्त गर्दछ ।

पुनम गुरुङ्ग                                                            फडिन्द्र भट्टराई
अध्यक्ष                                                                  महासचिव

गैरआवासीय नेपाली संघ, युके

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित