लन्डन । विशेष गरि हिन्दू नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा कोरोनाको महामारीका बावजुद पनि तीजका गीतहरु बजारमा निस्कन थालेका छन् । गायिका माण्डवी त्रिपाठीको स्वरमा सजिएको ‘लरक्कै जोवान’ बोलको तीजको गीत सार्वजनिक भएको छ ।
यस गीतमा कारण न्यौपानेको शब्द तथा बिपिन आचार्यको एरेन्ज तथा संगीत रहेको छ । पछिल्लो समयमा निकै व्यस्त रहँदै आएकी मोडेल अन्जली अधिकारीको अभिनय रहेको यस गीतको भिडियोको निर्देशन शंकर बिसीको रहेको छ । यसैगरी दुर्गा पौडेलको छायांकन तथा नबिन घर्ति मगरको सम्पादन रहेको छ ।
‘लरक्कै जोवान’ गीतको भिडियो हेर्नुहोस ।