लन्डन । हिन्दू नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा तीजका गीतहरु सार्वजनिक हुन थालेका छन् । यसै क्रममा गायिका कला लम्सालले पनि गत वर्षको तीज गीत ‘पातली’ लाई निरन्तरता दिंदै ‘ऐना हेरी हेरी’ बोलको पातली – २ तीज गीत सार्वजनिक गरेकीछन ।
गतवर्षको ‘पातली’ निकै लोकप्रिय बनेकोले यसपाली पनि तेसैलाई निरन्तरता दिंदै तीजको कोसेली ‘पातली – २’ सार्वजनिक गरेको गायिका कला लम्सालले बताएकी छन । शिव हमालको लय शब्द रहेको यस गीतको संगीत संयोजन कृष्ण बि.क (भान्जा ) ले गरेका छन् ।
भिडियोमा गायिका कला लम्साल र दिपासा बिसीको जोडदार अभिनय रहेको छ । भिडियोलाई रमणीय स्थल पोखराको लेकसाइड सेरोफेरोमा छायांकन गरिएको छ । यस गीतलाई गायिका कलाले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।
‘ऐना हेरी हेरी’ पातली -२ को भिडियो हेर्नुहोस ।