एनआरएनए डिजिटल परिचयपत्रबाट बेलायत बन्चित, अष्ट्रेलियामा लागू

लन्डन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पन्जिकृत सदस्यहरुले एनआरएन डिजिटल परिचयपत्रबाट बन्चित हुने भएका छन् ।

संघको गत सेप्टेम्वरमा सम्पन्न महाधिवेशनमा सदस्य बनेको विवरण केन्द्रीय प्रणाली (एमआईएस) मा समावेश नगरिएको कारणले बेलायतवासी नेपालीहरु भने सो परिचयपत्र प्राप्त गर्ने छैनन् ।

यसअघि गैरआवासीय नेपाली संघले सदस्यहरुको विवरण केन्द्रमा पठाउन पटकपटक ताकेता गरे पनि एनआरएनए यूकेले आफ्ना सदस्यहरुको विवरण पठाउन सकेको छैन् ।

डिजिटल परिचयपत्र बाहकले नेपालमा स्वास्थ्य, शिक्षा, क्याटरिङ्ग, बैंकिङ्ग लगायतका क्षेत्रमा भारी छुट पाउने व्यवस्था गरिएको छ ।

अष्ट्रेलियामा एनआरएन डिजिटल परिचयपत्र लागू

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अष्ट्रेलियमा डिजिटल परिचयपत्र लागु गरेको छ । संघका महासचिव डा. हेम राज शर्माका अनुसार बुधवारदेखि एनआरएनए अष्ट्रेलियाका पन्जिकृत सदस्यहरुले सो डिजिटल परिचयपत्र डाउनलोड गर्न सक्ने छन् ।

संघले पहिलो चरणमा एनआरएनए अमेरिकामा पहिलो पटक परिचयपत्र लागु गरेको थियो । डा. शर्माका अनुसार संघको केन्द्रीय सदस्यता प्रणालीमा दर्ता भएका एनआरएनए अष्ट्रेलियाका सदस्यहरुले आफ्नो डिजिटल आईडि कार्ड आफ्नो फोनमा डाउनलोड गर्न सक्ने छन् ।

गैरआवासीय नेपाली संघले चरणबद्ध रुपमा अन्य देशमा पनि परिचयपत्र योजनाबद्ध तरिकाले वितरण गर्ने योजना बनाएको छ । नयाँ प्रविधिको डिजिटल परिचयपत्र प्राप्त गर्न सबै पन्जिकृत सदस्यहरुको विवरण गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गरेको हुनुपर्छ । यसअघि संघले सचिव गौरी राज जोशीको संयोजकत्वमा स्मार्ट एनआरएनए कार्यदल गठन गरेको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित