नेपालमा थप २ सय ५५ जनामा कोरोनाको पुष्टी

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या  १६ हजार ४ सय २३ पुगेको  छ ।  गएको   २४ घण्टामा ४ हजार ६ सय ९६ जनामा पीसीआर परीक्षण गरिएको  छ ।

काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना गरि  काठमान्डौ उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । हालसम्म २ लाख ६६ हजार ४ सय ५७ जनामा कूरना परीक्षण गरिसकिएको छ ।

आज २ सय ५३ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कूल संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

हाल क्वारेन्टाइनमा २४ हजार ४० जना र  आइसोलेसनमा ८  हजार ६ सय ३६ जना रहेका छन् । ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा पाँच वटा जिल्ला भने कोरोना संक्रमण मुक्त घोषित भएका छन् ।

धनकुटा, भोजपुर. सोलुखुम्बु ,हुम्ला र मुस्तांगमा कोरोनाको कुनै पनि संक्रमण नभएको हुँदा कोरोना संक्रमणमुक्त जिल्ला घोषणा गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित