नेपाली महिलामा कोरोनाको असरबारे एनआरएनए यूकेले सेमिनार गर्दै

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले कोराना महामारी पछि नेपाली महिला समुदायमा परेको प्रभावको बारेमा एक विशेष सेमिनार गर्ने भएको छ ।

संघकी अध्यक्ष पुनम गुरुङका अनुसार यहि शनिबार बिहान ११ बजे (बेलायती समय) जुम प्रविधिमार्फत सेमिनारको आयोजना गर्न लागिएको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा सांसद, मिडियाकर्मी, महिला अधिकारवादी नेता तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले सम्वोधन गर्ने तय भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला, महिला अधिकारकर्मी डा रेणु अधिकारी, एनआरएनए केन्द्रीय महिला संयोजक भोमा लिम्बु, एनआरएनए मध्यपूर्व महिला प्रतिनिधि यस्मीन वेगम लगायतले आआफ्नो विचार व्यक्त गर्नेछन् ।

कार्यक्रमको सञ्चालन वरिष्ठ पत्रकार तथा कान्तिपुर टेलिभिजÞनबाट प्रसारित महिलावादी कार्यक्रम ‘समकोण’ की सञ्चालिका निर्मला शर्माले गर्नेछिन् ।

कार्यक्रम संयोजक तथा एनआरएन यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइन् । राईका अनुसार मन्त्री गुरुङसहित सबै अतिथिले कार्यक्रममा सहभागी हुने निश्चित गरिसकेका छन् ।

यस्ता कार्यक्रममार्फत महामारीपश्चात महिलाहरूले भोग्नु परेको समस्याहरू सरकार तथा नीति निर्मातासमक्ष पुर्याउँदै राज्यलाई नागरिकप्रति जवाफदेही बनाउन पैरबी गर्ने एनआरएनए यूकेको पहल रहेको उपाध्यक्ष प्रधानले बताइन् ।

जुम (वेविनार) मार्फत हुने कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरुले कार्यक्रम शुरु हुनु भन्दा पहिले आफ्नो नाम दर्ता गर्नुपर्ने एनआरएनए यूकेले जनाएको छ । कार्यक्रमलाई बेलायतस्थित प्रमुख मिडियाबाट प्रत्यक्ष प्रसारण गरिने समेत बताइएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित