सिर्जु अधिकारीको तीजको कोसेली ‘हाई मेरी पियारी’


लन्डन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सबैलाई निराश बनाइरहेको बेला गायिका सिर्जु अधिकारीले कोरोनाकै सेरोफेरो अन्तर्गतको तीज गीतको भीडीयो आफ्नै युट्युब च्यानल मार्फत  सार्वाजनिक गरेकीछन् ।

हिन्दू नारीहरुले महान पर्वको रुपमा मनाउंदै आएको यसपालीको तीजलाई कोरोनाको कहरसंग जोडिएको छ । गायिकाद्वय सिर्जु अधिकारी र माण्डवी त्रिपाठीको सुमधुर स्वरमा सजिएको ‘हाई मेरी पियारी’ बोलको गीतको शब्द संगीत सर्जक करण न्यौपानेको रहेको छ ।

गीतको संगीत संयोजन बिपिन आचार्यले गरेका हुन् । अशोक बि.क द्वारा निर्देशित यस गीतको भिडियो सम्पादन रबिन बि.क. ले गरेका छन् । भिडियोमा गायिका सिर्जु अधिकारी, रक्षा श्रेष्ठ र भीम पौडेलको अभिनय रहेको छ ।

कोरोनाका कारण अर्को सालको तीजमा मात्र भेट्ने बाचा गीत मार्फत गरिएको छ ।

तीज गीत ‘हाई  मेरी पियारी’ को भिडियो हेर्नुहोस ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित