लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरस (कोभीड -१९) को संक्रमणबाट थप १ सय ५५ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
योसंगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४४ हजार ३ सय ९१ पुगेको छ ।
यो संख्या बेलायतका अस्पताल तथा केयर होम लगायतको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ । यस्तै गएको २४ घण्टाभित्र बेलायातमा थप ५ सय ८१ जनामा कोरोना पोजिटिभ भएको पुष्टि भएको छ ।
हालसम्म बेलायतमा २ लाख ८६ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण भइसकेको छ । बेलायत कोरोना संक्रमणका कारण सबै भन्दा बढी मृत्यु हुने मुलुक अन्तरगत अमेरिका र ब्राजिल पछिको तेस्रो स्थानमा पर्दछ ।
यसैगरी सबै भन्दा बढी संक्रमण हुने मुलुक अन्तर्गत अमेरिका, ब्राजिल, भारत, रसिया, पेरु, चिली र स्पेनपछी बेलायत आठौँ स्थानमा पर्दछ ।
हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ५ लाख ४२ हजार भन्दा बढीको ज्यान गैसकेको छ ।