एनआरएनएका पाँच राष्ट्रिय समितिद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) का ५ वटा राष्ट्रिय समितिले आर्थिक प्रतिवेदन सार्वजनिक गरेका छन् । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार अमेरिका, अष्ट्रेलिया, जापान, मकाउ र नर्वे राष्ट्रिय समितिले आर्थिक प्रतिवेदन केन्द्रमा बुझाएका हुन् ।

गैरआवासीय नेपाली संघको गत अक्टोवरमा सम्पन्न निर्वाचनमा आर्थिक पारदर्शीताको प्रमुख एजेण्डासहित आएको अध्यक्ष कुमार पन्तको कार्यसमितिले यसअघि संघमा पहिलो पटक वजेट बनाएर खर्च गर्ने प्रचलनको शुरुवात गरेको थियो ।

श्रेष्ठका अनुसार संघले आफ्नो आर्थिक विवरण वेबसाइट मार्फत सार्वजनिक गर्दै आएको छ । यसअघि संघले आर्थिक वर्ष २०७७ / ७८ का लागि रु  ८ करोड ७१ लाख  २२ हजार ९ सय १० र २०७८ असार मसान्तसम्म रु १० करोड ९१ लाख ८५ हजार रकम अपुग हुने प्रक्षेपण को बजेट पारित गरेको थियो ।

श्रेष्ठका अनुसार संघले तीन तीन महिनामा हिसाबकिताब बुझाउन सबै राष्ट्रिय समितिलाई निर्देशन दिएको थियो । कोभिड १९ को कारणले अन्य राष्ट्रिय समितिको आर्थिक विवरण केन्द्रमा आउन ढिला भएको संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघको सम्पूर्ण आर्थिक गतिविधि  हेर्नको लागि यहाँ क्लिक गर्नुहोला  ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित