नेपालमा थप २ सय ४ जनामा कोरोना  संक्रमण

काठमान्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप २ सय ४ जनामा कोरोना  संक्रमण  भएको पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या कुल १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

काठमान्डौ उपत्यकामा आज थप २८ जनामा संक्रमण देखिएको छ । उपत्यकामा हिजो ५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यसैगरी थप ६ सय ८८ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको कूल संख्या ७ हजार ४ सय ९९ पुगेको छ । नेपालमा ४६ प्रतिशत भन्दा बढी संक्रमित निको भएका छन् ।

आज देशभर ६ हजार १ सय ३३ जनामा पीसीआर परीक्षण गरिएको हो । हालसम्म जम्मा २ लाख ६१ हजार ८ सय ६१ जनामा परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा २६ हजार ७ सय २७ र आइसोलेसनमा आठ हजार ६ सय ३४ रहेका छन् । नेपालका ७७ वटै जिल्लमा कोरोनाको संक्रमण फैलिएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको ज्यान गैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित