भारतबाहेक अन्य मुलुकबाट २० हजार भन्दा बढी स्वदेश फिर्ता

भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण विदेशका विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश आउने क्रममा सोमबार मात्र ८७८ जना नेपाली नागरिक स्वदेश फर्केको कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टरले जानकारी दिएको छ ।

जस अनुसार बहराइनबाट १४८ जना, कुवेतबाट ३१६ जना, साउदी अरबबाट २५९ जना र मलेसियाबाट १५५ जना नेपाली स्वदेश फर्केका छन् । जसमध्ये उच्च ज्वरो आएका एकजनालाई एयरपोर्टबाट सीधै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

सेन्टरका अनुसार असार २२ गतेसम्म सबैभन्दा बढी कुवेतबाट चार हजार ३११ जना स्वदेश फर्केका छन् । त्यसपछि बढी सङ्ख्यामा युएइबाट तीन हजार ५९६ जना, साउदी अरेबियाबाट दुई हजार ८०८ जना, कतारबाट दुई हजार २५६ जना र मलेसियाबाट एकहजार ९६५ जना नेपाली नागरिक स्वदेश फर्केका छन् ।

त्यस्तै, बङ्गलादेशबाट ८४१ जना, माल्दिभ्सबाट ७०९ जना, जापानबाट ४९२ जना, अष्ट्रेलियाबाट ४८३ जना, अमेरिकाबाट ४२३, बहराइनबाट ५६८, थाइल्याण्डबाट ३२६ जना र ओमानबाट ३१३ जना नेपाली नागरिक स्वदेश फर्केका छन् ।

त्यस्तै बेलायतबाट २२९ जना, दक्षिण कोरियाबाट २२८ जना, सिङ्गापुरबाट १४६, इजरायलबाट १२७, हङकङबाट ८९, पाकिस्तानबाट ७२ जना नेपाली स्वदेश फर्केको सेन्टरले जनाएको छ ।

त्यस्तै कम सङ्ख्यामा नेपाली नागरिक स्वदेश फर्केका देशमध्येबाट म्यानमारबाट २६ जना, अफगानिस्तानबाट १८ जना, श्रीलङ्काबाट पाँच जना नेपाली नागरिक स्वदेश फर्केका हुन् ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै बाग्मती प्रदेशका छ हजार १०४ जना नेपाली नागरिक स्वदेश फर्किएको सेन्टरले उल्लेख गरेको छ ।

त्यसपछि प्रदेश नम्बर १ का तीन हजार ७२९ जना, प्रदेश नम्बर ५ का तीन हजार ३९१ जना स्वदेश फर्केका छन् ।

त्यसैगरी, प्रदेश नम्बर २ का दुई हजार ९८४ जना, गण्डकी प्रदेशका दुई हजार ४२९ जना, सुदूरपश्चिम प्रदेशका ४६० जना र कर्णाली प्रदेशका ४०८ जना नेपाली नागरिक स्वदेश फर्केका छन् ।

सोमबार स्वदेश फर्केका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणसँगै व्यक्तिगत विवरण सङ्कलन गरिएको जनाइएको छ ।

अझै पनि विदेशबाट नेपाली नागरिक स्वदेश फर्काउने क्रम जारी रहने जनाइएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित