विश्वभर कोरोनाबाट ५ लाख ३७ भन्दा बढीको मृत्यु

लन्डन । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार नाघेको छ । वर्ल्डओमिटरले देखाएको तथ्याँकअनुसार हालसम्म विश्वमा ५ लाख ३७ हजार ४७ पुगेको छ । साथै विश्वभरमा १ करोड १५ लाख ७२ हजार १ सय २४ जना संक्रमित भएका छन् ।

यसैगरी कोरोना भाइरसका कारण बिरामी भएका ६५ लाख ४३ हजार ५४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४४ लाख ९२ हजार २३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६ सय ५१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । वर्ल्डओमिटरका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २९ लाख ८३ हजार १ सय ४२ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । कोर्नाका कारण अमेरिकामा १ लाख ३२ हजार ५ सय ७१ व्यक्तिको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै मृत्यु हुने मुलुकमध्य ब्राजिल दोस्रो स्थानमा, बेलायत तेस्रो स्थानमा, इटाली चौथी स्थानमा र मेक्सिको पाचौं स्थानमा रहेका छन् ।

यसैगरी सबैभन्दा बढी कोरोनाका संक्रमण अमेरिकामा रहेका छन् । संक्रमित मुलुकमा ब्राजिल दोस्रो स्थानमा, भारत तेस्रो स्थानमा, रसिया तेस्रो स्थानमा र पेरु  पाँचौं स्थानमा रहेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित