कोरोनाबाट विदेशमा थप १३ नेपालीको मृत्यु, बेलायतमा मात्र ६७ जना

काठमाडौं । कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट गएको एक साता भित्र  विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा थप ६, भारतमा ५, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १ सय ४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ । विदेशमा सबै भन्दा बढी बेलायतमा ६७ जना नेपालीको मृत्यु भएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ ।

शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २५ हजार २ सय २६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

२१ देशबाट १८ हजारभन्दा बढीको उद्धार

यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्धारको कामले तीव्रता पाएको छ ।

एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २ सय ९३ नेपालीको उद्धार गरिएको छ ।

अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यान्मा, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, श्रीलङ्का, युएई, साउदी अरब, सिङ्गापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपाली स्वदेश फर्किएको सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन्  ।

१ सय १५ वटा शव स्वदेश ल्याइयो

कोरोना भाइरस (कोभिड १९) पछि विभिन्न कारणले विदेशी भूमिामा निधन भएका भएका १सय १५ जनाको शव नेपाल ल्याइएको छ  ।

विभिन्न कारणले विदेशमा मृत्यु भएका ३ सय ५२ शव मध्य १ सय १५ जनाको शव नेपाल ल्याएको हो ।

बाँकी १  सय ५ जनाको शव ल्याउने प्रक्रियामा रहेको छ  । यसैगरी अन्य १  सय ३२ जना नेपालीहरुको शवलाई  परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।

आइएलओद्वारा एनआरएनलाई ५ करोडको सहयोग

संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई ५ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार विशेष गरी कोभिड–१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरबका नेपालीको सहयोगार्थ आइएलओले उक्त आर्थिक सहयोग गर्ने भएको हो ।

सहयोग रकम कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा खर्च हुने गैरआवासीय नेपाली संघले जनाइएको छ ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित