युरोप नेपाली खबर डट कमको पर्यटन मन्त्री भट्टराईद्वारा शुभारम्भ  

युरोप । युरोपबाट संचालित र प्रकाशित युरोप नेपाली खबर डटकमको नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जुम एप प्रयोग गरी आयोजना गरिएको एक विशेष समारोहमा शुभारम्भ गर्नु भएको छ ।

सो अवसरमा हाल पोर्चुगलमा बस्नु हुने राजकुमार थापा संस्थापक प्रधान सम्पादक रहेको उक्त मिडियाको ग्लोबल टीम पनि घोषणा गरिएको थियो । कार्यक्रम बोल्दै मन्त्री भट्टराईले कोरोना भाईरसले गर्दा विश्व नै थलामा परिरहेको बेला संसार भरका संचार माध्यमहरुले अत्यन्त महात्वपूर्ण भूमिका खेलिरहेको भन्दै नेपाली पत्रकारहरुले पनि प्रवासी नेपालीहरुका लागि अतुलनीय योगदान दिइरहेको बताउनु भएको थियो ।

कोरोना महामारीको यो समयमा एनआरएनए लगायतका संघ संस्था र गैर आवासीय नेपालीहरुले पुर्याएको सहयोग र देखाएको सद्भावका लागि मन्त्री भट्टराईले आभार व्यक्त गर्नु भयो । मन्त्री भट्टराईले विदेशमा रहेका नेपालीहरुको अवाजलाई बुलन्द गर्नका लागि युरोप नेपाली खबरले महत्वपूर्ण भुमिका खेलोस् भनी शुभकामना दिनुभएको थियो ।

पत्रिकाको शुभारम्भ कार्यक्रममा शुभकामना दिन विशेष अतिथिहरु फ्रान्सका लागि आवासीय नेपाली राजदूत महामहिम दीपक अधिकारी, लिस्बनका लागि अवैतनिक बाणिज्यदूत मकर हमाल, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री केसी र अर्जुनकुमार श्रेष्ठ, महासचिव डा. हेमराज शर्मा, प्रवक्ता डिबी क्षेत्री उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपाध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश बिष्ट, नेपाल पत्रकार महासंघ युरोप च्याप्टर अध्यक्ष केजिन राइ, बेलायत शाखा अध्यक्ष नरेश खपाङ्गी मगर, पोर्तुगल शाखा संयोजक योगेन्द्र मिलन छन्त्याल, बेल्जियम शाखा संयोजक ओम शर्माले पनि प्रकाशनको शुभकामना दिनु भएको थियो ।

यसैगरी शुभकामना दिन एनआरएनए युरोप संयोजक नारायण आचार्य, सहसंयोजकहरु मुक्त गुरुङ, कृष्ण तिमिल्सिना, आसिसी सदस्यहरु रामशरण सिंखडा, पुरुषोत्तम बोहरा, एनआरएनए पोर्तुगल अध्यक्ष तिलक गैरे नेपालका लागि प्रवासी नेपालीहरुको अभियानका अभियान्ता थोमस बाँस्तोला पनि उपस्थित हुनु भएको थियो ।

कार्यक्रममा नेपाल, युरोप, अमेरिका, अष्ट्रेलिया, जापान मध्यपूर्व, अफ्रिका लगायतका नेपाली पत्रकार, सामाजिक अगुवा, ब्यवसायीहरु गरी साठी जना भन्दा बढीको उपस्थिति थियो । शुभारम्भ कार्यक्रमको अध्यक्षता युरोप नेपाली खबरका सल्लाहकार अमेरिकाका बलराम थापा र संचालन संस्थापक सम्पादक राजकुमार थापाले गर्नु भएको थियो ।

 

 

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित