गैरआवासीय नेपाली संघलाई आइएलओद्वारा ५ करोडको  सहयोग

लन्डन । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तरराष्ट्रिय  श्रम संगठन (आइएलओ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड रुपैयाँ बराबरको अनुदान दिने भएको छ । अन्तरराष्ट्रिय  श्रम संगठनले बैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुको सहयोगको लागि एनआरएनएले गरेको सहयोग प्रस्तावको लागि सो रकम प्रदान गरेको हो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार आइएलओ र गैरआवासीय नेपाली संघ बीच गत मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको हो ।  यो परियोजना नेपाली श्रमिकहरुको मानवीय अधिकार र सहयोगको लागि कोभिड-१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपाली श्रमिकहरुको सहयोगार्थ हो ।

परियोजनाको रकम कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्चिइने कुरा संझौतामा उल्लेख छ। संघका अध्यक्ष कुमार पन्तले आइएलओको निर्णय स्वागत योग्य भएको बताए । उनले गैरआवासीय नेपाली संघप्रति विश्वभरका नेपाली लगायत अन्तरराष्ट्रिय  समूदायको समेत भरोसा रहेको भन्ने सन्देश आएलओको आर्थिक सहयोगले  दिएको उनले बताए ।

आगामी जुलाई १ देखि सन् २०२१ को फेब्रवरी २८ सम्मको  ८ महिनामा उक्त परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गैरआवासीय नेपाली संघले ती मुलुकहरुमा रहेका नेपाली श्रमिकहरुको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको कुरा अध्यक्ष पन्तले जानकारी दिएका छन् ।

ती कार्यालयहरुबाट विदेशमा कोरोनाकै कारण कानुनी अड्चनमा परेकाहरुलाई परार्मश दिने तयारी रहेको पनि उनले जानकारी दिए । यसका अतिरिक्त सो रकम नेपाल फर्किने श्रमिकहरुका लागि समेत खर्च गरिने संघका महासचिव डा हेमराज शर्माले जानकारी दिएका छन् । ‘गैरआवासीय नेपाली संघले पहिलो पटक विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गरेको हो, शर्माले भने, ‘संघका लागि यो एक कोषे ढुंगा सावित हुनेछ, संधैं व्यक्तिको खल्ती ताकेर बस्नु पर्दैन, संस्था संचालन गर्न अन्य स्रोतसमेत परिचालन गर्न सकिन्छ भन्ने यो एउटा सन्देश हो ।’

सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, डा. पुरु श्रेष्ठ र एकनाथ खतिवडाले प्रपोजल तयार पारेका थिए । आइएलओले सो प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित