बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६७

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउने गैर आवासीय नेपालीहरुको कूल संख्या ६७ पुगेको छ । गत जुन ३० तारिखसम्म गैरआवासीय नेपाली संघ यूकेद्वारा जारी सार्वजनिक तथ्याङ्क अनुसार ६७ जना नेपालीहरुको  कोरोनाको संक्रमणबाट निधन भएको हो ।

यसैगरी नेपाली दूतावास लन्डनको पछिल्लो तथ्याँकअनुसार पनि बेलायतमा हालसम्म ६७ जना नेपालीहरुको कोरोनाका कारण निधन भएको दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिएका छन् ।

यसरी मृत्यु हुनेहरुमा पाँच दर्जन जति भूतपूर्व गोर्खा तथा तिनका परिवारहरु रहेका छन् । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिङ राई रहेकी छन् ।

गैरआवासीय नेपाली संघ यूके हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले दिएको जानकारीअनुसार बेलायतमा २ हजार ३६ जना नेपालीहरुमा कोरोना संक्रमणको पुष्टि भएको र १ सय ५१ जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमध्ये ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिले बेलायतका अस्पतालमा कोरोना संक्रमित कुनै पनि नेपालीहरु नरहेको एनआरएन यूकेद्वारा प्रस्तुत तथ्याँकमा उल्लेख छ । क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका १ हजार ४ सय १२ जना मुक्त भैसकेका र हाल कुनै पनि नेपालीहरु क्वारेन्टाइन तथा आइसोलेसनमा नरहेको पनि तथ्याङ्कमा उल्लेख छ ।

बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ४४ हजारभन्दा बढीको ज्यान गैसकेको छ । विश्वभर कोरानाकै कारण ५ लाख २५ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी मृत्यु हुने मुलुकमा बेलायत तेस्रो स्थानमा रहँदै आएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित