नेपालमा कोरोनाबाट थप एकको मृत्यु, १५ हजार भन्दा बढी संक्रमित

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

नयाँ बानेश्वरमा बस्ने ८५ वर्षीय एक पुरुषको कोरोना भाइरसका कारण निधन भएको हो । मृतक उच्च रक्तचाप र पार्किन्सनको विरामी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

राजधानीको एक निजी अस्पतातमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४० जनामा कोरोना संक्रमण थपिएको छ । योसंगै नेपालम संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८३ वटा नमूना परीक्षण गरिएको छ ।

अत्यधिक जोखिममा रहेका क्यान्सर र मधुमेहका बिरामी, आइसीयु र इमरजेन्सीमा आउने बिरामी, पकेट क्षेत्रका बासिन्दा र स्वास्थ्यकर्मीहरूको परीक्षणलाई थप प्राथामिकतामा दिइने प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित