विदेशी पासपोर्टवाहक गैर आवासीय नेपालीलाई नेपाल जान थप सहज

लण्डन । विदेशको राहदानी भएका गैर आवासीय नेपालीहरुको लागि लकडाउनका अवसरमा नेपाल जान परेमा नेपाल सरकारले सहज बनाउँदै विदेशी राहदानीबाहक गैर आवासीय नेपालीहरुलाई नेपाल जना स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले ‘नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानीबाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानीबाहक पति वा पत्नी र स्वदेशमा आफन्तको काजकिरिया गर्न आउनुपर्ने नेपाली मूलका विदेशी राहदानीबाहकलाई सम्बन्धित नेपाली नियोगको सिफारिसमा नेपाल आउन’ स्वीकृति दिने निर्णय गरेको हो ।

सरकारको पछिल्लो निर्णयले विदेशबाट नेपाल जानैपर्ने बाध्यता भएका नेपाली मूलका विदेशी राहदानीबाहकलाई नेपाल फर्किन सजिलो हुने भएको छ ।

नेपाली दुतावास लण्डनका प्रवक्ता शरदराज आरणले सरकारको वेलायतबाट नेपाल आफ्न्तको लागि काजकिरिया गर्न जान चाहनेहरुले दुतावासमा सम्पर्क गर्न सक्ने बताएका छन् ।

उनले यसअघि पनि परराष्ट्र मन्त्रालयको सिफारीशमा केही अप्ठ्यारोमा परेका नेपाली मुलका विदेशी राहादनी लिएका गैर आवासीय नेपालीहरुलाई नेपाल पठाउन दुतावासले सहजिकरण गरेको जानकारी दिए ।

सरकारको पछिल्लो निर्णय निकै सकरात्मक भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्मा वताए ।

कोरोना भाइरसका कारणले विदेशमा कुनै पनि नेपाली अप्ठ्यारोमा पर्नु हुदैन् र उनीहरुको समस्या समाधान हुनु पर्छ भन्ने हाम्रो आग्रह थियो शर्माले भने ।

‘सरकारको तर्फवाट हाम्रो आग्रह सुनुवाई भएको छ यो स्वागत योग्य निर्णय हो डा. शर्माले भने अप्ठ्यारोमा परेका नेपालीहरुलाई सम्बन्धीत देशका नेपाली नियोगमा सम्पर्कमा राख्नु हुन अनुरोध गर्दछु’।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित