हवाई उडान तथा सीमा नाका बन्द साउन ७ सम्म लम्बियो

काठमाडौं । कोरोना भाइरसको महामारीकोलाई मध्यनजर गर्दै नेपाल सरकारले आगामी साउन ७ गतेसम्मका लागि अन्तरराष्ट्रिय हवाई उडान तथा सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोनाको संक्रमण जारी रहेका कारण तत्कालका लागि सीमा नाका तथा हवाई उडानहरु रोक्ने निर्णय गरेको हो ।

नेपालमा गत चैत ११ गतेदेखि लकडाउनका कारण अन्तरराष्ट्रिय नाकामा हुने विशेष परिस्थिति बाहेकका आवतजावतलाई बन्द गर्दै आएको छ ।

तर सरकारको अनुमति लिएर भएका उडान तथा सरकारबाट विदेशमा रहेका नेपाली नागरिकको उद्दारका लागि गरिएका उडानहरु भने सञ्चालन हुनेछन् ।

सरकारको यो निर्णयसँगै आगामी साउन ७ गतेसम्म नेपालसँगको चीन तथा भारत दुबैतर्फका सीमानाका तथा यात्रुबाहक हवाई उडानको आगामन तथा प्रस्तान बन्द हुने भएको छ ।

तेस्तै भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी गराएका छन् ।

हवाई उडानका अलावा सरकारले शैक्षिकसंस्था, विभिन्न मेला, जात्रा, पर्व, स्वीमिङ्ग पुल, स्कुल, क्याम्पस, धेरै मान्छे भेला भएर हुने खेललगायत पनि आगामी साउन ७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित